Skip to main content

भाषाको विविद्दता-Variations in Languages

भाषाको विविद्दता-Variations in Languages 


    अब येशूआ नाम जो अहिले प्रचलित हुन आएको छ त्यो नाम हिब्रु नाम नै थियो तर त्यो नामलाई एउटा भाषादेखि अर्का भाषाका मानिसहरूले प्रयोग गर्दा भाषनतरित गरेर प्रयोग गरे। अहिले केहि दाज्युभाईहरूले हिब्रु भाषामा मात्र प्रभु येशूको नाम पूकारा गरिनु पर्छ भनेर जोड दिएका छन् त्यो सरासर एकोहोरो दाबी रहेको देखिन्छ। हिब्रुमा हेर्दा यहोशूआ (JOSHUA) भनिन्थ्यो भने त्यहि नाम अरामिकमा येशूआ भएर प्रयोग भएको देखिन्छ। म त भन्छु यदि यो नाम पूरानो नियमको  नूनका छोरा यहोशूआलाई दिएको ठिक त्यहि नाम हो भने हिब्रुमा यहोशूआ चाहिँ हुन्छ। तर प्रभु येशू स्वयंले बोलेको भाषा अरामिकमा यहोशूआ नभएर येशूआ भनेर चल्ति ल्याईएको देखिन्छ। एक सम्मान रहेका भाषा हिब्रु र अरामिकमै अलिकति फरक देखिन्छ भने अब विचार गर्नुहोस् कि यो नामलाई अन्य भाषा अर्थात अन्याजातिको भाषामा भाषान्तरित गर्दा कति फरक हुन्छ होला ? भाषानुबाद र भाषान्तरमा धेरै फरक हुन्छ। भाषानुबादमा एउटा भाषाबाट अर्को भाषामा अर्थ लाउने गरिन्छ भने भाषणन्तरमा एउटा भाषाको शबदलाई अर्थात नाम वा बस्तुलाई जस्तोको त्यस्तै हिज्जे गर्न खोज्नुलाई भाषणन्तर भनिन्छ। तर एउटा भाषाको शब्द अर्थात नामलाई अर्को भाषामा जस्तोको त्यस्तै भन्न गाह्रो हुने कुरा तपाई हामी सबैको अनुभवको कुरा हो। यसरी यहोशूवा नाम एउटा भाषादेखि अर्को भाषामा सर्दै आउँदा यसको हिज्जे र उचारणमा केहि फरक देखिनु स्वाभाविक मान्नुपर्छ। धेरै जानकारहरू र ईतिहासकारहरूले यो कुरा पुष्टि गरेका छन् कि हाम्रो बाईबलमा रहेका नयाँ नियमका २७ वटा पुस्तकहरू ग्रीक भाषामा लेखिएका थिए। भन्ने गरिन्छ कि मत्तीको सुसमचार चाहिँ हिब्रुमै लेखिएको थियो तर पछि मत्ती आफैले त्यसलाई ग्रीकमा अनुबाद गरेका थिए। अब हिब्रुको यहोशूआ नाम अरामिकमा आउँदा येशूआ भयो अनि त्यसलाई ग्रीकमा लैजाँदा IESOUS (ईसोस) भयो। पछि ल्याटिनमा लैजाँदा IESUS (ईसुस) बन्यो। अब प्रश्न उठ्छ, यदि नयाँ नियमका सम्पूर्ण पुस्तकहरू ग्रीकमा लेखिएका हुन् र ग्रीकमा येशूआलाई IESOUS (ईसोस) भनिन्छ भने, के यो नाम प्रभुका चेलाहरूले नै बदलाएका थिएनन् र? हाम्रो साधारण सोचले यहि बुझाउँछ अनि हामी संसारभरिका भाषा जान्ने भाषाविद पनि होइनौ अनि किन यी भाषाविदहरूले यसरी रूपान्तरित गरिएदिए त्यो भाषा क्षेत्रका विद्द्वानहरूनै जानुन। हामी लेखा-पडा नभएका सर्वसाधारणमाथि यो भाषाको गर्हुङ्गो जुवा नबोकाइयोस, प्रभु ! जुन जुवा न ता पौराणिक ख्रीष्टियनहरूले बोके न हामीले बोक्नु पर्छ भन्ने कुनै वचनको आज्ञ छ। आफ्नो भाषामा मुक्तिदाता प्रभु येशू भनेर नेपालीको चल्ति भाषामा पूकारा गर्दा गल्ति हुँदैन किनभने त्यहि नामलाई बिश्वास गरेकाले नै हामी विश्वासी बनेका हौँ। यो नाम एउटा भाषादेखि अर्कोमा लैजाँदा कहिले पनि सद्देरूपले एकै किसिमको रहन सकेन। येशूआ नामलाई अराबिकमा ईशा बन्यो, हिन्दीमा लैजाँदा ईशू बन्यो अनि यस्तै गरी संसारभरिका भाषामा आफ्नै किसिमले भनिने गर्दछ। हाम्रो नेपाली भाषामा येशू भनेर भन्न सक्ने हामी नेपालीलाई येशूआ भन्नलाई कुनै त्यस्तो भारीबातको कुरा होइन। येशू भन्नेले येशूआ भन्न सक्छन् अनि येशूआ भन्न पनि सकिन्छ तर हाम्रो समाजमा परिचित नाम येशू हो जो बिश्वास नगर्नेले पनि सुनेका छन्, यदाकदा पढेकाछन्। यो एउटा परिचित नाम लिएर एउटा उद्धार नपाएको व्यक्तिलाई, “आज म तपाइलाई येशू ख्रीष्टको बारेमा बताउँछु” भन्यो भने उसले बुझ्न सक्छ किनकि उसले उहाँको काम र दानको बारेमा नसुनेको भए पनि नाम त सुनेको हुन्छ। येशूआ भन्दै जाँदा यसको कस्तो प्रभाव हुन्छ आफै बुझ्नुहोस्। यदि तपाईका दर्शकहरू (audience) यहूदीहरू छन् भने उनीहरूका बीचमा तपाईले येशूआ भन्दा उनीहरूका लागि सहज हुन्छ। तपाईले कसको बारेमा कुरा गरेको उनीहरूले बुझ्न सक्छन्।  मलाई लाग्छ, यो माथिबाटको ज्ञान हुन्छ जब तपाईले हिब्रु भाषा बोल्नेहरूकहाँ गएर हिब्रु नामको चर्चा गर्नुहुन्छ । जब तपाई अन्यजातिहरूको शहरमा प्रचार गर्नुहुन्छ, त्यसबेला त्यस समाजमा परिचित नामकै चर्चा गर्दा बुद्धिमानी हुने देखिन्छ। जहाँसम्म आत्माको स्वतन्त्रताको सवाल छ, यसमा पनि बुद्धिमत्तताको आवश्यक्ता पर्दछ । प्रेरित पावलका लागि एकसाथ भेला हुने र त्यहाँ गरिने हरेक कुराहरू सुधार र उन्नतिका लागि गरिने कुरा धेरै महत्वका थिए। पहिलो कोरिन्थी १ अध्यायमै पावलले कोरिन्थीहरूलाई, “तिमीहरू सबैले एउटै कुरा बोल, र तिमीहरूका बीचमा कुनै फाटो नहोस् भनेर आग्रहपूर्बक बिन्ति गरेका थिए। (१ कोरिन्थी १:१०) पावलले आफ्नो स्वतन्त्रता प्रयोग गर्न चाहनेहरूलाई यो पनि सचेत गराएका थिए कि यदि तिमीहरूका माझमा कुनै अन्जान मानिस आयो भने तिमीहरूका हरेक कार्यले उसमाथि सकारात्मक प्रभाव पर्नेछ र उसले पनि सत्य परमेश्वरलाई चिन्ने छ। तर हाम्रो आफ्नै गडबडी छ भने त्यस्तो कार्यले एउटा अन्जान अर्थात अविश्वासीलाई कुनै फैदा नपुग्ने कुराको जानकारी गराएका थिए। सबैले एउटै कुरा बोल्ने, अन्यभाषामा बोलिएका कुरालाई अनुबाद गर्ने गरेमा मात्र सबैको उन्नति हुने कुरा बताएका छन् । स्वतन्त्रता खोज्नु दुई मत रोज्नु हो । गडबडी र फाटो रोज्नु हो । एकसाथ भेला हुँदाको सबै सत्यताबाट पर सर्नु हो । 
अब अंग्रेजहरूले प्रयोग गर्ने नाम JESUS पनि मनोमानी ढंगले प्रयोगमा ल्याईएको थिएन। JESUS नाम ग्रीकको IESOUS (ईसोस) देखि ल्याटिनमा IESUS (ईसुस) हुँदै German को JESUS भएर आएको हो। JESUS नाम आफैमा ग्रीक, ल्याटिन र German को नजिक हुँदै आएको छ। अब यो नाम  कसरी JESUS भएर प्रचलनमा आयो भनेर यकिन गर्न अझै गाह्रो नै भएको छ तथापि Geneva बाईबल लेखिएदेखि उसो सबै अंग्रेजहरूले JESUS नाम प्रयोगमा ल्याएको अनुमान गरिएको छ। स्विस भाषामा अक्षर J लाई Y को लवजमा उचारण गरिने हुनाले JE लाई YE भयो अनि SUS  त्यस्तै रह्यो। भने पछि YE ले ये भयो SUS ले सुस भयो। यसरी स्विस भाषाको YESUS (येसुस) नै अंग्रेजहरूको JESUS हो किनभने अंग्रेजहरूले  अक्षर J लाई ज को लवजमा उचारण गर्ने हुनाले JE (जी) बन्यो अनि SUS लाई अंग्रेजी उचारणमा जस वा सस् भनेर उचारण गरियो । यसरी अंग्रेजहरूले JESUS भनेर पूकारा गर्छन्। यसकारण JESUS नाम यी अन्य ग्रीक, ल्याटिन र german नामसँग जोडिएको छ। यो एक भाषादेखि अर्को भाषामा रूपान्तरित अर्थात भाषान्तर गर्ने क्रममा आएको नाम हो । यो अन्यजातिहरूको देवी देवतासँग सम्बन्धित नाम होइन। कसैले त्यस्तो सोच्छ भने त्यो अविश्वासी हो। त्यस्तो मानिस श्रापित पनि हुन सक्छ।


Comments

Popular posts from this blog

सुसमाचार र पत्रिहरुमा यो नामलाई कसरी प्रयोग गरिएको छ-How this name is used in the Gospel and epistles

सुसमाचार र पत्रिहरुमा यो नामलाई कसरी प्रयोग गरिएको छ-How this name is used in the Gospel and epistles   एक पूराना लेखक  Walte r Scott  ले “येशू” (JESUS ) नामको बारेमा यसरी लेखेका छन् । “येशू नाम जो पवित्र र अमूल्य नाम हो यो नाम नयाँ  नियममा करिब ७०० पटक उल्लेख भएको छ । जम्मा सातसय पटकमा ६०० पटक चाहिँ सुसमाचारका पुस्तकमा उल्लेख छ। यस नामको बढ्दो प्रयोग सुसमाचारका पुस्तकमा पाइन्छ । मर्कूस र लूकामा १०० -१०० पटक उल्लेख छ। भनौ मर्कूसमा १०० पटक र लूकामा १०० पटक उल्लेख छ । मत्तीले यस नामलाई १७० पटक प्रयोग गरेका छन् भने यूहन्नाले २५० पटक प्रयोग गरेका छन् । प्रेरितको पुस्तकमा त्यति धेरै प्रयोग भएको पाइन्दैन भने प्रेरितका पत्रिहरूमा मात्र ३० पटक प्रयोग गरेको पाइन्छ । यो कुरा धेरै होशियारीका साथ बुझ्नु आवश्यक छ कि पवित्र आत्माले यो अवर्णनीय नामलाई प्रयोग गर्नलाई कुनै विशेषणपदको प्रयोग गरेर लेखिरहनु पर्ने जरूरी ठान्नुभएन। किनभने “येशू” नाम नै काफी भएकाले यसलाई कुनै विशेषण पद लगाईरहनु पर्ने आवश्यकता थिएन। यस नामको महत्व दर्शाउनलाई मानिसको कुनै अलंकार अर्थात भाषाको बढाई चड़ाईको आवश...

ख्रीष्टमसको ईतिहास र समस्त धारणा

       अभिषेक जोशीले एउटा भिडियोमार्फत विश्वभरिका पास्टरहरूलाई चुनौती दिंदै डिसेम्बर २५ नै येशू ख्रीष्टको जन्मदिन हो भनेर पवित्र शास्त्रका चार सुसमाचार मत्ती, मर्कूस, लूका र यूहन्नाबाट प्रमाण गर्नलाई कसिलो तर्क राखेकाछन्। उनको तर्क र चुनौतीलाई सामना गर्ने कसैले आँट गर्ला भन्ने लाग्दैन किनभने उनले बाइबलका चार सुसमाचारबाट मात्र प्रमाण गर्नलाई चुनौती दिएकाछन्। उनको तर्कसँग कति ख्रीष्टियनहरू नै सहमत छन् र सोही तर्क गर्ने गरेकाछन्। डिसेम्बर २५ को आफ्नै ईतिहास रहेको होला र कसरी यस दिनलाई येशू ख्रीष्टको जन्म दिवस मानियो त्यसको पनि छुट्टै ईतिहास रहेको होला। तर ईतिहासले प्रमाण गरेर नहुने उनको तर्क रहेकोछ। प्रमाण गर्नुपर्दा चार सुसमाचारबाट गर्नुपर्ने उनको दाबी रहेकोछ। यो खत्रै चुनौती हो भन्ने मेरो ठहर छ। एकलाखको पुरस्कार कसैले जित्ला भन्ने कुरामा मलाई शंका मात्र होईन तर शुन्य बिश्वास लागेकोछ। यस लेखमा मैले अभिषेक जोशीको प्रश्नको उत्तर दिने कोशिष गरेको छैन, तर ख्रीष्टमसको शुरुवातको संक्षिप्त परिचय दिने र अधिकांश ख्रीष्टियनहरूको समस्त धारणालाई प्रस्तुत गर्न चाहेकोछु। १. ख्रीष्...