Skip to main content

Posts

Showing posts from 2019
Looking for the glories Hope 

सुसमाचारका सभाहरु र बालकक्षाहरुका प्रयासहरु -R.K.Campbell

  सुसमाचारका सभाहरु र बालकक्षाहरुका प्रयासहरु  यस पुस्तिकामा हामी सुसमाचारको सभा, सन्डे स्कूल र बालबालिकाहरूका निम्ति गरिने सभाको बारेमा हेर्ने उद्देश्य राखेका छौं । यस्ता सुसमाचारिय सभाहरू अत्यन्तै महत्वपूर्ण हुन्छन् र यो कार्य हरेक मण्डलीको क्रियाकलापको मूख्य भाग बनिनु पर्दछ। यस्ता कार्यलाई मण्डलीले नै बहन गर्नु पर्दछ भन्ने होईन, तर प्रभुबाट बुलावट पाएका व्यक्तिहरुले व्यक्तिगतरूपले यस कार्यलाई बहन गर्नुपर्दछ अनि मण्डलीले चाहिँ यस्ता सभाहरूलाई प्रोत्साहन दिनुपर्दछ र प्रार्थना अनि भौतिक सामग्रीहहरूको सहयोग दिएर यस्ता कार्यलाई समर्थन दिनुपर्दछ ताकि अन्तमा उनीहरू उद्धारबिहिन मानिसहरूकहाँ पुगेर उनीहरूलाई उद्धारको मार्गको सन्देशमा ल्याउन सकेका हुन्  र ती उद्धारबिहिन मानिसहरू पनि बाँच्न सकेका हुन् ।  सुसमाचारिय सभालाई अघि नै उल्लेख गरिएका अन्य सभाहरूको पंक्तिको अन्तिममा राखेर हामीले ती अघि हेरेका सभाहरूभन्दा कम महत्वको सभाकोरूपमा बर्गिकरण गरेका होईन अर्थात यो सभा चाहिँ कम महत्वको हो भन्न खोजेका होइनौ । कुरा यति मात्रै हो कि हामीले ती अन्य सभाहरूलाई अघिनै हेरिस...

क्रूसको कष्टबाट बोलिएका अन्तिम सात वचनहरू । J.T.Mausom -Translated by Kevin

क्रूसको कष्टबाट बोलिएका अन्तिम सात वचनहरू ।  यो हप्ता प्राय सबैले क्रूसको कुरा गरेको सुनिन्छ अनि पुनरुत्थानको कुरा गरेको सुनिन्छ । यसै बिषयमा मैले पनि त्यहि क्रूसका  कुरा गर्ने आँट गरेको छु अनि प्रभुको इच्छा भए दैनिक रूपले क्रूसको कष्टबाट बोलिएका सात वचनहरूलाई सबैमाझ बाँड्ने प्रयास गरेको छु । यो मेरो आफ्नै अध्यानको बिचार नभई मैले J.T.Mawson  को पुस्तक Standing by the Cross को एउटा Address “Seven words on the Cross: His last will and Testament बाट लिएको हुँ । यो पूर्णरूपले अनुबाद गरिएको होईन तर त्यहाँको शिर्षक र भावलाई जस्ताको त्यस्तै राख्ने प्रयास गरेको छु ।  १)  “ हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि तिनीहरूले के गरिरहेका छन् ती जान्दैनन् ।” लुका २३:३४  २) ““उहाँले त्यसलाई भन्नु भयो, ‘म तिमीलाई साँच्चै भन्दछु, आजै तिमि मसित स्वर्ग-लोकमा हुनेछौ ।” लुका २३:४३  ३) “ हे नारी, हेर तिम्रो छोरा !! “हेर तिम्री आमा।” यूहन्ना १९: २५-२७  ४) “ एली, एली लामा सबक्थनी अर्थात, हे मेरो परमेश्वर, हे मेरा परमेश्वर, तपाइले मलाई किन त्याग्नु भयो ? म...

तिमीहरू आपसमा शान्तिमा रहो । लेखक: F.C.Blount अनुबाद: केविन परियार

तिमीहरू आपसमा शान्तिमा रहो । लेखक: F.C.Blount अनुबाद: केविन परियार          “तिमीहरू आपसमा शान्तिमा रहो।” तर कति धेरै पटक हामी यो अमूल्य वचनको ठिक विपरित अवस्था मण्डलीहरूमा रहेको पाउँदछौं। हाम्रा मण्डलीहरूमा बारंबार डाहा र झैझगडाको अवस्था पाइन्छ। “यदि तिमीहरू आपसमा टोकाटोक र मारामार गर्दछौ भने, यो याद गर कि तिमीहरू आफै नाश हुनेछौ।” (गलाती ५:१५) नाश हुनेछौ भन्नुको अर्थ के हो भने तिमीहरू आफै खरानी हुनेछौ भनिएको हो। यसरी आफै नाश भएर खरानी भएका मण्डलीहरू आज हाम्रा दिनहरूमा छैनन् र? के यहाँ विश्वासीहरूको धूलो मात्र पाइन्छ होला? यो हामी बाहिरको शत्रुको कार्य होईन; यो त केवल हामी आफैबीचको आपसी नरसंहार हो। मण्डलीका एकभन्दा धेरै सदस्यहरूले यो घातक चरित्र बोकेका हुन्छन् जो झगडीय र आक्रमक हुन्छन् अनि एक भन्दा बढ्ता सन्तहरू घायल हृदय लिएर मर्ने गर्छन् । प्रभुले भन्नुभयो, “तिमीहरूलाई यस संसारमा दु:ख हुनेछ।” अब संसारमा दुख भए ता पनि, मण्डलीमा त हामीले असल कुराको अर्थात उत्तम कुराको आशा गर्न पाउनु पर्ने अधिकार हाम्रो रहेको छ।  अब के हाम्रो स्वार्...