Skip to main content

Posts

अनुशासन यसको अनिवार्यता लेखक: आर.के.क्याम्पबेल , अनुवाद: जीवन कुमार लामा , सम्पादन: केविन परियार

                               अनुशासन    यसको अनिवार्यता    “जी वित परमेश्वरको मण्डली” नामक पुस्तकको पहिलो अध्यायमा हामीले यस पृथ्वीमा मण्डली नै परमेश्वरको घर हो भनेर बताएका थियौं अनि त्यसका नियम-क्रम र जिम्मेवारीहरू नै माण्डलिक चरित्रका प्रमुख बिचार हुन् भनेर औंल्याएका थियौं। हामीले अझ बढ्ता कुरा के पनि देख्यौं भने, परमेश्वर एक नियम र क्रमका परमेश्वर हुनुहुन्छ अनि यदि उहाँ आफ्नो घरमा बास गर्नुहुन्छ भने, अवश्यनै उहाँको घर अर्थात मण्डली उहाँको विचार अनुसारको अनि नियमअनुसारको हुनुपर्छ। यसकारण, “हे परमप्रभु, पवित्रतानै तपाईंको भवनलाई सुहाउँदछ।” (भजनसंग्रह ९३:५) यसैले, मण्डली जो उहाँको निवासस्थान (बासस्थान) हो, त्यसलाई पवित्र राख्नु हाम्रो जिम्मेवारी हो।       १ तिमोथी ३:१४-१५ मा हामी यस्तो पड्दछौं: “तिमीकहाँ चाँडै आउने आशा राख्दै म यी कुराहरू तिमीलाई लेख्दछु; तर म ढिलो भएँ भने परमेश्वरको घरमा, जो जीवित परमेश्वरको मण्डली हो, सत्यको खाँबो र जग हो, त्यसमा कस...
Recent posts

ख्रीष्टमसको ईतिहास र समस्त धारणा

       अभिषेक जोशीले एउटा भिडियोमार्फत विश्वभरिका पास्टरहरूलाई चुनौती दिंदै डिसेम्बर २५ नै येशू ख्रीष्टको जन्मदिन हो भनेर पवित्र शास्त्रका चार सुसमाचार मत्ती, मर्कूस, लूका र यूहन्नाबाट प्रमाण गर्नलाई कसिलो तर्क राखेकाछन्। उनको तर्क र चुनौतीलाई सामना गर्ने कसैले आँट गर्ला भन्ने लाग्दैन किनभने उनले बाइबलका चार सुसमाचारबाट मात्र प्रमाण गर्नलाई चुनौती दिएकाछन्। उनको तर्कसँग कति ख्रीष्टियनहरू नै सहमत छन् र सोही तर्क गर्ने गरेकाछन्। डिसेम्बर २५ को आफ्नै ईतिहास रहेको होला र कसरी यस दिनलाई येशू ख्रीष्टको जन्म दिवस मानियो त्यसको पनि छुट्टै ईतिहास रहेको होला। तर ईतिहासले प्रमाण गरेर नहुने उनको तर्क रहेकोछ। प्रमाण गर्नुपर्दा चार सुसमाचारबाट गर्नुपर्ने उनको दाबी रहेकोछ। यो खत्रै चुनौती हो भन्ने मेरो ठहर छ। एकलाखको पुरस्कार कसैले जित्ला भन्ने कुरामा मलाई शंका मात्र होईन तर शुन्य बिश्वास लागेकोछ। यस लेखमा मैले अभिषेक जोशीको प्रश्नको उत्तर दिने कोशिष गरेको छैन, तर ख्रीष्टमसको शुरुवातको संक्षिप्त परिचय दिने र अधिकांश ख्रीष्टियनहरूको समस्त धारणालाई प्रस्तुत गर्न चाहेकोछु। १. ख्रीष्...

सुसमाचार र पत्रिहरुमा यो नामलाई कसरी प्रयोग गरिएको छ-How this name is used in the Gospel and epistles

सुसमाचार र पत्रिहरुमा यो नामलाई कसरी प्रयोग गरिएको छ-How this name is used in the Gospel and epistles   एक पूराना लेखक  Walte r Scott  ले “येशू” (JESUS ) नामको बारेमा यसरी लेखेका छन् । “येशू नाम जो पवित्र र अमूल्य नाम हो यो नाम नयाँ  नियममा करिब ७०० पटक उल्लेख भएको छ । जम्मा सातसय पटकमा ६०० पटक चाहिँ सुसमाचारका पुस्तकमा उल्लेख छ। यस नामको बढ्दो प्रयोग सुसमाचारका पुस्तकमा पाइन्छ । मर्कूस र लूकामा १०० -१०० पटक उल्लेख छ। भनौ मर्कूसमा १०० पटक र लूकामा १०० पटक उल्लेख छ । मत्तीले यस नामलाई १७० पटक प्रयोग गरेका छन् भने यूहन्नाले २५० पटक प्रयोग गरेका छन् । प्रेरितको पुस्तकमा त्यति धेरै प्रयोग भएको पाइन्दैन भने प्रेरितका पत्रिहरूमा मात्र ३० पटक प्रयोग गरेको पाइन्छ । यो कुरा धेरै होशियारीका साथ बुझ्नु आवश्यक छ कि पवित्र आत्माले यो अवर्णनीय नामलाई प्रयोग गर्नलाई कुनै विशेषणपदको प्रयोग गरेर लेखिरहनु पर्ने जरूरी ठान्नुभएन। किनभने “येशू” नाम नै काफी भएकाले यसलाई कुनै विशेषण पद लगाईरहनु पर्ने आवश्यकता थिएन। यस नामको महत्व दर्शाउनलाई मानिसको कुनै अलंकार अर्थात भाषाको बढाई चड़ाईको आवश...

जन्ममा दिएको नाम अर्थात उहाँले मानव अवतार लिँदा पाउनु भएको नाम -

जन्ममा दिएको नाम अर्थात उहाँले मानव अवतार लिँदा पाउनु भएको नाम - The name given at His Birth       कुरा साँचो हो कि परमेश्वर स्वयंले नै आफ्नो दूतदूवारा यूसुफलाई आफ्नो पुत्रको नाम येशू (येशूआ)  राख्नु भनेर आदेश दिनुभएको थियो। यो हिब्रु भाषामा नै दिएको नाम थियो। एउटा हिब्रु मान्छेलाई अर्थात व्यवस्थाको अधिनमा जन्मिएको हिब्रु मानिसको छोरोलाई पक्कै पनि हिब्रुहरूलाई दिने नाम दिएको थियो। यस्तो नाम दिने परमेश्वरकै ईच्छा थियो, किनभने यहि नाम राख्नलाई स्वर्गबाट यूसुफलाई आदेश आएको थियो। यद्यपि यस्तो नाम कहिले पनि कुनै स्वर्गदूतलाई पहिला दिएको थिएन। यो नाम स्वर्गका प्राणीहरू कसैसँग जोडिने अथवा मेलखाने थिएन। यो सयप्रतिशत मानिसलाई दिने नाम थियो। मत्तीले दिएको विवरण अनुसार, जब यूसुफले आफुले मगनी गरेकी कन्य मरियम गर्भवती बनेकी थाहा पाएर मन मनै छाडीदिने बिचार गरिरहेका थिए, तब उनलाई सपनामा परमप्रभुका एउटा दूतले यसो भनेर दर्शन दिए, “ए यूसुफ, दाऊदको छोरो, तिम्री पत्नी मरियमलाई तिमीकहाँ ल्याउनलाई नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट कै हुनुहुन्छ। तिनले एउटा ...

दिव्य नाम विचार

                दिव्य नाम  म आफैभित्रको लडन्तमा सैयौं पल्ट हारेको छु। सोच, बिचार र कार्यमा प्रशस्तै चुकेको छु। निम्न विचार पनि म अरू कोहीभन्दा सहि र ठीक छु भन्ने ठानेर लेखेको होईन। चलिरहेको हुरी बतासले मलाई पनि नउडाएको पनि होईन। यस्तै अन्योलताको भूमरी मडारीरहेको बेला, बिनम्र भएर सम्पूर्ण परिस्थिति र माहोललाई हेर्दा हाम्रो बाटो नकारात्मक ढंगले अगाडी बढ्दै गएको महसुस भयो। अहिलेको सन्दर्भमा हामीले कसो गर्दा असल होला भन्ने बारेमा यो बिचार प्रस्तुत गर्न चाहेको छु। मेरो बिचारमा सहमत हुनु र नहुनु पाठकहरूमै निर्भर रहनेछ। सकेसम्म सबैलाई  सकारात्मक नै बनाउनेछु भन्ने आशा राख्दछु। वर्तमान समयमा उठेका कुराहरूलाई नकारात्मक ढंगले प्रतिकार गर्नुभन्दा अध्यायन र अनुसन्धानलाई कदर गर्नु नै उत्तम हुन्छ। हाम्रा बीचमा आएको परमेश्वरको दिव्य नाम र मुक्तिदाता येशू ख्रीष्ट नामको बिषय अत्यन्तै गम्भीर र सह्रानीय बिषय रहेको छ। जहाँसम्म हिब्रु भाषाको सवाल छ, त्यो पनि एउटा विचारणीय बिषय नै ठान्नुपर्दछ किनभने बिश्वासको मूल त्यहि ह...