भाषाको विविद्दता-Variations in Languages अब येशूआ नाम जो अहिले प्रचलित हुन आएको छ त्यो नाम हिब्रु नाम नै थियो तर त्यो नामलाई एउटा भाषादेखि अर्का भाषाका मानिसहरूले प्रयोग गर्दा भाषनतरित गरेर प्रयोग गरे। अहिले केहि दाज्युभाईहरूले हिब्रु भाषामा मात्र प्रभु येशूको नाम पूकारा गरिनु पर्छ भनेर जोड दिएका छन् त्यो सरासर एकोहोरो दाबी रहेको देखिन्छ। हिब्रुमा हेर्दा यहोशूआ (JOSHUA) भनिन्थ्यो भने त्यहि नाम अरामिकमा येशूआ भएर प्रयोग भएको देखिन्छ। म त भन्छु यदि यो नाम पूरानो नियमको नूनका छोरा यहोशूआलाई दिएको ठिक त्यहि नाम हो भने हिब्रुमा यहोशूआ चाहिँ हुन्छ। तर प्रभु येशू स्वयंले बोलेको भाषा अरामिकमा यहोशूआ नभएर येशूआ भनेर चल्ति ल्याईएको देखिन्छ। एक सम्मान रहेका भाषा हिब्रु र अरामिकमै अलिकति फरक देखिन्छ भने अब विचार गर्नुहोस् कि यो नामलाई अन्य भाषा अर्थात अन्याजातिको भाषामा भाषान्तरित गर्दा कति फरक हुन्छ होला ? भाषानुबाद र भाषान्तरमा धेरै फरक हुन्छ। भाषानुबादमा एउटा भाषाबाट अर्को भाषामा अर्थ लाउने गरिन्छ भने भाषणन्तरमा एउटा भाषाको शबदलाई अर्थात नाम वा बस्तुलाई जस्तोको त्...
Faithful [is] the word, and worthy of all acceptation, that Christ Jesus came into the world to save sinners, of whom I am [the] first. 1 Timothy 1:15