क्रूसको कष्टबाट बोलिएका अन्तिम सात वचनहरू । यो हप्ता प्राय सबैले क्रूसको कुरा गरेको सुनिन्छ अनि पुनरुत्थानको कुरा गरेको सुनिन्छ । यसै बिषयमा मैले पनि त्यहि क्रूसका कुरा गर्ने आँट गरेको छु अनि प्रभुको इच्छा भए दैनिक रूपले क्रूसको कष्टबाट बोलिएका सात वचनहरूलाई सबैमाझ बाँड्ने प्रयास गरेको छु । यो मेरो आफ्नै अध्यानको बिचार नभई मैले J.T.Mawson को पुस्तक Standing by the Cross को एउटा Address “Seven words on the Cross: His last will and Testament बाट लिएको हुँ । यो पूर्णरूपले अनुबाद गरिएको होईन तर त्यहाँको शिर्षक र भावलाई जस्ताको त्यस्तै राख्ने प्रयास गरेको छु । १) “ हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि तिनीहरूले के गरिरहेका छन् ती जान्दैनन् ।” लुका २३:३४ २) ““उहाँले त्यसलाई भन्नु भयो, ‘म तिमीलाई साँच्चै भन्दछु, आजै तिमि मसित स्वर्ग-लोकमा हुनेछौ ।” लुका २३:४३ ३) “ हे नारी, हेर तिम्रो छोरा !! “हेर तिम्री आमा।” यूहन्ना १९: २५-२७ ४) “ एली, एली लामा सबक्थनी अर्थात, हे मेरो परमेश्वर, हे मेरा परमेश्वर, तपाइले मलाई किन त्याग्नु भयो ? म...